एकाबिहानै चीन केन्द्रबिन्दु भएर भुकम्पको धक्का

आज(सोमबार) बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ। उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ। त्यसले नेपालका प्राय: काठमाडौं, ललितपुर,रसुवा, धादिङ, सिन्धुपाल्चोक,दोलखा लगायत जिल्लामा धक्का महसुस भएको छ। बिहान ६:५० मा शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए। भक्तपुर दरबार स्क्वायरमा होहल्ला चलेको थियो । कहाँ कति क्षति भयो भन्नेबारे जानकारी आइसकेको छैन।