मौसम विज्ञान विभागद्वारा मनसुन अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन

२५ बैशाख २०८० काठमाडौं । ‘आकाशे पानीमा भर परेर गरिने खेतीको उत्पादकत्व घट्छ, यसले खाद्यान्नमा असर पर्छ’ आर्थिक अवस्था कमजोर भएका बेलामा झनै खाद्यान्न आयात गर्नुपर्ने अवस्था हुन सक्छ, हामीले आजैदेखि तयारी गर्नुपर्छ, त्यसको आँकलनका आधारमा योजना बनाउनुपर्ने आवश्यक छ ।’

आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आँकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकार सचेत रहेको सरकारी अधिकारीले बताएका छन् । बिहीबार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले आवश्यक रणनीति बनाइरहेको बताए । विगतका वर्षहरुको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आँकलन रहेको भन्दै उनले सोअनुसार धान रोप्ने बेलामा सिँचाइलाई विशेष जोड दिनुपर्ने बताए । ‘अब धान रोप्ने समयमा आकाशे खेतीमा भर परेका किसानलाई हिट गर्छ’ उनले भने ‘मौसमी अन्नबाली र मकैमा समेत लगानी बढाउनुपर्छ भन्ने अनुमान हाम्रो छ । पूर्वसूचना प्रणालीको विकास सबै पालिकास्तरमा हुन जरुरी छ ।’