कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका दिन सार्वजनिक बिदा

सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा बैशाख ११(आज) गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको सोमबारको मन्त्रीपरिषद् बैठकले कतारका राजा अमिरले नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सञ्चारकर्मीहरूसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको बताइन्।

उनले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको बताइन्। त्यस्तै सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ।

कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरू हुने पनि बताइन्। उनले पर्यटनसम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरू हुने पनि बताए । कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरू हुने मन्त्री शर्माको आसय छ ।