माध्यमिक विद्यालयका एक शिक्षकले पिटेर २ विद्यार्थी घाइते

३१ बैशाख २०८० काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जनकल्याण माध्यमिक विद्यालयका एक शिक्षकले पिटेर २ विद्यार्थी घाईत भएका छन् । शुक्रबार शिक्षक भेषबहादुर मगरले किताब नलिएको र होमवर्क नगरेको भन्दै कक्षा ९ मा अध्ययन गर्ने ४ जना विद्यार्थीलाई पिटेका थिए । जसमध्य लजिता आले र अञ्जली थापालाई बढि चोट पर्दा घाईते भएका छन् ।

शिक्षक मगरले विद्यार्थीको हातमा लौरीले १४ देखी ३८ पटकसम्म पिटेको विद्यार्थीले आरोप लगाएका छन् । घाईते लजिताकोको देब्रे हातमा प्लास्टर र दाहिने हातमा ब्याडेल लगाईएको छ भन अञ्जलिको दाहिने हातमा प्लास्टर गरिएको छ ।

शिक्षकले दिएको गृहकाय नगरेको हुदाँ शिक्षकले पिटेको विद्यार्थीले बताएका छन् । ‘हामीलाई सरले सेटबुकको होमवर्क दिनुभएको थियो । हामीसंग सेटबुक थिएन् । आधा मात्रै होमवर्क गरेका थियौं । त्यसैले सरले पिट्नु भयो’ घाईते विद्यार्थी लजिताले बताईन् ।

विद्यालयका प्रधानाध्यापक दिपक विश्वकर्माका अनुसार शिक्षक मगरलाई कारबाही स्वरुप निस्कासन गरिएको बताए । शिक्षक मगरलाई प्रहरी, अभिभावक, जनप्रतिनिधि, विद्यालय प्रशासन र व्यवस्थापन समितिको रोहोबरमा विद्यालयबाट निस्कासन गर्ने, पिडितको उपचार खर्च बेहोर्ने सर्तमा छुटाईएको छ ।

मगर `टिच फर नेपाल´ संस्थाले शिक्षणका लागि खटाएर यस विद्यालयमा कार्यरत थिए । उनलाई संस्थाले फिर्ता बाेलाएकाे छ । समृद्ध शुक्लागण्डकीका लागि युवा अभियानले पनि दाेषिलाइ आवश्यक कारबाहीकाे माग गरेको थियाे ।