१६ बैशाख २०८० काठमाडौं ।आगामी निर्वाचनमा बहुमतको सरकार बनाउन सके लक्ष्यको नजिक पुग्ने एमालेका केन्द्रीय सदस्य विसमलाल अधिकारी दनुवारले बताएका छन् ।
मिसन ग्रास रुट अभियानका क्रममा वागमती, महांकाल र कोन्ज्योस्यम पालिकामा खटिनु भएका उहाँले पालिकामा भएका जनसंगठन बैठक, सदस्यता वितरण, नयाँ सदस्यता वितरण, समीक्षा बैठकजस्ता गतिविधिले हलचल राम्रै ल्याएको जानकारी दिनुभयो । “नेकपा एमालेले बन्दुकको नालबाट राज्यसत्ता कब्जा नगर्ने”बताएका हुन् ।
।
महालक्ष्मी र गोदावरीमा मिसन ग्रासरुटको नेतृत्व गर्नुभएका केन्द्रिय सदस्य धर्मदत्त देवकोटाले कार्यक्षेत्रमा कार्यतालिका अनुरुप समीक्षा बैठक, प्रशिक्षण, कमिटिको स्थिति, उपस्थितीका कारण अराजकता हटेर विधि सम्वत चलाउने संगठनात्मक तरंग आएको उल्लेख गर्नुभयो । ‘बाटो विराएर जानेलाई अवसर दिनुपर्छ’ देवकोटाले भन्नुभयो, “ललितपुरमा एमालेले २०१५ सालदेखि चुनाव जितेको इतिहास भएकाले ललितपुर जिल्ला लाल किल्ला हो ।”
जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले नेकपा एमालेका अध्यक्षमाथि भएको आक्रमणको घोर भत्सर्ना गर्नुहुदै कोशी प्रदेश नामाकरण जायज हुदाहुदै अध्यक्षमाथि नाजायज आक्षेप लगाएर पार्टीलाई धमिल्याउन खोज्ने तत्वहरुको विरोध गर्नुभयो ।
सो अवसरमा दुई महिनासम्म चलेको मिसन ग्रासरुटमा दिनरात नभनी खट्ने नेता तथा कार्यकर्तालाई सम्मानपत्र प्रदान गरिएको थियाे।
-सिता पोखरेल