ललितपुरमा मिटर व्याजीबाट ५ लाख रुपैयाँ ऋण दिएर ३१ लाखको जबर्जस्ती तमसुक

१६ बैशाख २०८० ललितपुर । ललितपुरमा एक मिटर व्याजीले ५ लाख रुपैयाँ ऋण दिएर ३१ लाखको जबर्जस्ती तमसुक कागज गराएका छन् । ऋण लिने व्यक्तिले दिएको जानकारी अनुसार १० वर्ष अघि ऋणी राजकुमार श्रेष्ठले हाल राप्रपा लपु जिल्ला युवा संयोजक रहेका राज कुमार महर्जन ( ज्ञानेन्द्र शाहीको मान्छे)बाट ५ लाख ऋण सापटी लिएका थिए । त्यसबेला खाली नेपाली कागजमा ल्याप्चे छापमा सनाखत गराई ५ लाख रुपैयाँ ऋण लिएका राजकुमार श्रेष्ठलाई पुन: अहिले कपाली तमसुक सहितको ३१ लाख सावाँ व्याजको रकम भन्दै जोडेर मारमा पारिएको छ । साक्षी/रीत नमिलेको तमसुक बनाएर त्यसमा हस्ताक्षर समेत गराइएको थियो ।परीक्षण हेर्दा कागजमा झुटो जालसाजी गरिएको पाइएको छ ।ऋण लिने व्यक्तिको मृत्यु पश्चात एकाघर परिवार (स्वास्नी तथा छोराछोरीहरुलाई मानसिक यातना दिनेगरी गरिएको परिवारको गुनासो छ । ऋणी राजकुमार महर्जनले ऋण दिएको अझै स्पष्ट पार्न सकिरहेका छैनन् ।पीडक राज कुमार महर्जनले पीडित राज कुमार श्रेष्ठलाई अझै स्पष्ट जवाफ नदिएका, परिवारमा मानसिक यातना दिएकाले तमसुक कागजका आधारमा छिट्टै मुद्दा दायर गर्ने भएका हुन् ।