१६ बैशाख २०८० काठमाडौं । नेपालमा बनेका सवारीसाधन बागमती प्रदेशको चार स्थानमा दर्ता गर्न सकिने भएको छ ।
यातायात व्यवस्था कार्यालय हेटौँडा, भरतपुर, खुर्कोट र ललितपुरको एकान्तकुना तथा गुर्जुधारामा सवारी साधान दर्ता गर्न सकिने भएको हो । सवारीसाधान दर्ता सम्बन्धी विगतको व्यवस्था संशोधन भएर आएकाले अब मन्त्रालय मातहतका यायतयात व्यवस्था कार्यालयमा नेपालमा सवारी साधान आयात प्रज्ञापनपत्र विनानै दर्ता गर्न सकिने बागमती प्रदेशको श्रम, रोजगार तथा यातयात मन्त्रालयका सचिव अस्मान तामाङले जानकारी दिनुभयो ।
मन्त्रालय मातहतका ११ वटा यातयात कार्यालयमध्य चार वटा यातयात कार्यालयमा दुईपाङग्रे अर्थात मोटरसाइकलको र एउटा कार्यालयमा चार पाङग्रे सवारीसाधानको दर्ता, नवीकरण, नामसारी लगायतका काम गर्न पाउने गरी व्यवस्था गरिएको छ । यो सँगै नेपालमा उत्पादन भएर पनि दर्ता नगरिएका विद्युतीय मोटरसाइकल अब बागमती प्रदेशका चार स्थानमा दर्ता गर्न सकिने भएको छ ।
गत विहिवार नेपालमा उत्पादन भएका वा जडान भएका सवारीसाधन आयात प्रज्ञापनपत्रबिना नै दर्ता गर्ने गरी संघीय सरकारले कानुनी व्यवस्था गरे सँगै विद्युतीय मोटर साइकल दर्ता गर्न सकिने गरी बाटो खुल्ला गरेको थियो ।