नुवाकोटबाट यो वर्ष झन्डै ४ हजारले एसईई परीक्षा दिँदै

आगामी चैत्र १५ गतेदेखि सुरु हुने लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि नुवाकोटमा २३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले जनाएअनुसार यस वर्षको एसइईमा कम्तीमा सबै विषयमा ३५ अंक ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने व्यवस्था छ ।
बिहिवार एक सूचना सार्वजनिक गर्दै शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले २३ ओटा परिक्षा केन्द्रबाट झण्डै ४ हजार जना परिक्षार्थी यस वर्ष सहभागी हुने जनाएको छ । तीन हजार ९ सय २२ जना परिक्षार्थीले परिक्षा दिनेछन् । परीक्षामा नियमिततर्फ तीन हजार ७ सय १८, प्राविधिकतर्फ एक सय २६ र ग्रेड वृद्धितर्फ ७८ जना विद्यार्थी सहभागी हुनेछन् ।