मन्थली -२ कठ्जोर थाक्थलो भइ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छरिएर बसेका अधिकारी बन्धुहरुको वनभोज भेला कार्यक्रम सम्मपन्न भएको छ । शनिबार भक्तपुरको सल्लाघारी स्थित चाङगा गणेशको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम
अध्यक्ष बरुण अधिकारीको अध्यक्षतामा र पूर्व सभासद शंकरनाथ शर्मा अधिकारीको उपस्थितिमा चलेको थियो।
बिहान करीब आठबजे सुरु भएर कार्यक्रम साँढे चारबजे बज्दा पनि सकिएको थिएन । कार्यक्रम प्रदेश मानव अधिकार आयोग प्रमुख यज्ञप्रसाद अधिकारी, जेष्ठ आमाहरु,अधि वक्ता,पत्रकार , बुद्धिजीवी , समाजसेवी ,पूर्व शिक्षक,शिक्षिका,कर्मचारी , विभिन्न पेशा र व्यावसायमा आवद्ध व्यक्तिको समुपस्थितिमा भव्यताका साथ सम्पन्न भएको सो समाजका अरुण प्रसाद अधिकारीले न्युज किरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।
अधिकारी बन्धुहरुको वनभोज भेला कार्यक्रम सम्पन्न
