अर्चना स्याङ्तानको स्वरमा रहेको अम्बा फुलेको दोहोरी गीत भाइरल, हेर्नुहोस् अडियो सहित

चर्चित लोकदोहोरी गायिका अर्चना स्याङतानले गाएको दोहोरी गीत अम्बा फुलेको अडियो प्लेटमै भाइरल बनेको छ । गीत राम्रो हुनलाई मेलोडी राम्रो हुनपर्छ भन्ने गायक रामविपी मगर र शिशिर लामाको प्रस्तुति रहेको अम्बा फुलेको गीत अडियो प्लेटमै भाइरल बनेको छ । कति ठाउँमा दर्शकले दोहोरी गीतलाई मन ठिकै पराउँदा पनि आयोजकले मज्जाले पैसा तिरेर कार्यक्रम लाने गरेको र आफ्नो एक स्टेज कार्यक्रमले ५ देखि २० हजार सम्म पारिश्रमिक प्राप्त गरेको मगरले बताए ।
यस गितमा शब्द देवेन्द्र लामिछानेले भरेका छन् । दिपक सागर तिवारीको लय रहेको यस गीतलाई वर्ल्ड मिडिया मार्फत बजारिकरण गरिएको छ

त्यसो त अडियो प्लेटमा धेरैजसोले धानबाली देखाएर घरबारी भनिएको गीतको दृश्य हेर्दै दंग पनि पर्ने गरेका छन् ।यसै दोहोरी गीतका गायिका अर्चना स्याङ्तान भने निमन्त्रणा गरिएको स्टेज कार्यक्रममा सकभर आफ्नो उपस्थिति रहने गरेको बताउनुहुन्छ । आयोजकले नै कलाकारलाई पारिश्रमिक निश्चित गरेर लैजाने हुनाले आफूले यतिउति खर्च चाहिने भनेर तोक्ने नगरेको स्याङ्तान बताउनुहुन्छ। कतिपय कलाकारलाई भने पारिश्रमिक शुल्क महँगो तिर्नुपर्ने वाध्यताले पनि स्टेज प्रोग्राममा सहज स्थान दिन नसकिएको कलाकार तथा विद्यालय शिक्षक विष्णु आले बताउँहुन्छ । उनका अनुसार आजभोलि स्कुलका प्रोग्राममा पप,र्याप दोहोरी कलाकार र हाँस्य कलाकारहरुको अति आवश्यक महसुस हुने भएपनि केही दर्शक दृगमा रुचाइएका चलेका कलाकारहरुलाई महङ्गो शुल्क तिर्नुपर्ने बाध्यताका कारण प्रोग्राममा ल्याउन अलि गाह्रो परिरहेको छ । तर, चिनजानका आधारमा कतिपय प्रोग्राममा कलाकार समन्वय गर्न भने सहज भएको उहाँ बताउनुहुन्छ ।


si=tiVFeeV8B0YYqxR4