टिकाथली तिर गहुँखेती मौलाउँदै

महालक्ष्मी नगरपालिका वडा ५ अन्तर्गत टिकाथलीमा यसपालि गहुँखेती खुब मौलाएको अनुमान गरिएको छ । १० वटा वडा रहेको महालक्ष्मी नगरपालिमा १ देखि ५ सम्मका वडाहरु महालक्ष्मी नगरपालिका कार्यालयको वरिपरिका रहेका छन् । खेती योग्य जमीन प्रशस्त रहेको टिकाथलीमा खोला आसपास अत्यन्तै राम्रो गहुँ उब्जाउ रहेको छ । इमाडोलको कृष्ण मन्दिरबाट २ किलोमिटर नजिकै रहेको उब्जाउ भूमि अहिले आनाको ३५ लाखमा घडेरी खरिद बिक्री हुन थालेपछि उब्जाउ भूमि सकिदै गएको स्थानीय एक कृषकले बताए । शिक्षा र सहकारीलाई विशेष प्राथमिकता दिएको महालक्ष्मी नगरपालिकाले अहिले सडक र कृषि क्षेत्रलाई जोड दिएको उनले बताए । कृषि भूमि सकिदै गएको स्थानीयले महसुस गर्न थालेका छन् ।भएको कृषि क्षेत्रलाई वडा वा नगरपालिकाले बजेट विनियोजन गरी कृषकलाई हेर्नुपर्ने अर्का कृषक राममायाले बताइन् ।समयमा बीउबीजन र मल नगरपालिकाले उपलब्ध गराएर कृषकलाई सहयोग गर्न उनले सुझाइ । कलकारखाना उद्योग व्यवसाय फस्टाउने अवस्था खासै नभएको वडा नं ५ मा कृषि क्षेत्र भने फस्टाउँदो छ ।