इष्टु मकवानपुरले गर्यो ‘नेपाली भाषाशिक्षण, पाठ्यक्रम प्रबाेधीकरण एवम् सिर्जनात्मक लेखन कार्यशाला’

संस्थागत विद्यालय शिक्षक युनियन (ISTU), जिल्ला समन्वय समिति, मकवानपुर तथा ऐरावती प्रकाशन प्रा. लि.ले’नेपाली भाषाशिक्षण, पाठ्यक्रम प्रबाेधीकरण एवम् सिर्जनात्मक लेखन कार्यशाला’ सम्पन्न गरेको छ । हेउमनपा शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकाेटाको प्रमुख आतिथ्यता तथा सहजकर्ताद्वय प्रा. डा. देवी नेपाल र डा. गणेशप्रसाद भट्टराई ऐरावती प्रकाशन प्रालिका अध्यक्ष रामदेव पाण्डे लगायतको समुपस्थितिमा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रमका लागि आवश्यक समन्वय गर्ने विद्यार्थी पुस्तक पसलका प्रबन्धक/पुस्तक व्यवसायी महासङ्घ, मकवानपुरका अध्यक्ष पुष्कल नेपाललाई थिए।त्यसैगरी,इस्टु राष्ट्रिय समितिका प्रमुख सल्लाहकार इन्द्रराज भट्टराई, प्याब्सन मकवानपुरका अध्यक्ष विनाेद सुवेदी, नेपाली भाषाशिक्षक समितिका निवर्तमान अध्यक्ष रमेशमाेहन अधिकारी, वर्तमान उपाध्यक्ष अनिता तिमल्सिना इस्टुका सहकर्मी साथीहरू बागमती प्रदेश अध्यक्ष सुदिप बर्ताैला, प्रदेश सचिव सिएम रिमाल, जिल्ला समिति सचिव दिपेश लामिछाने, नगर उपाध्यक्ष विधान आचार्य लगायत उपस्थित थिए ।
। सामुदायिक तथा संस्थागत गरी १७ विद्यालयका करिब ८० जना शिक्षक मित्रहरूहरुप्रति कार्यशाला आयोजकले आभार प्रकट गरेको छ । मकवानपुर इष्टुले विभिन्न किसिमका रचनात्मक गतिविधिकाे निरन्तरताको लागि यस्ता कार्यशालाहरु विगतदेखि नै गर्दै आएको छ ।