एसईईको नतिजा असारको तेस्रो हप्तामा

१७ असार २०८० काठमाडौं ।०७९ को एसईई परीक्षामा देशभरका २ हजार ३७ परीक्षा केन्द्र थिए जसमा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सहभागी रहे । ती मध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र रहेका छन् । कक्षा ९ देखि प्राविधिक धार समेत पठनपाठन गराउँदै आएका ५ सय ५ विद्यार्थीका १५ हजार ४ सय ६१ जना परीक्षार्थी पनि एसईईमा सहभागी थिए ।

७७ वटै जिल्लामा ७७ हजार ९ सय ९२ जना जनशक्ति परिचालन गरेर परीक्षा लिइएको श्रेष्ठले जनाए । परीक्षा सकिएपछि जिल्ला सदरमुकाममा केन्द्र तोकेर उत्तरपुस्तिका परीक्षण गरिएको थियो । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक फरक थिए । विद्यार्थीले आफूले पढेभन्दा फरक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

कोरोनाकालमा विद्यार्थीले होमसेन्टर (आफूले पढेकै विद्यालय) बाटै परीक्षा दिएका थिए । दृष्टिविहीन र प्राविधिक धार तर्फका विद्यार्थीका लागि भने घरपायक परीक्षा केन्द्र कायम गरिएको थियो । दृष्टिविहीन स्रोत कक्षामा नै उपकेन्द्र कायम गरिएको हो । स्रोत कक्षा नजिकको परीक्षा केन्द्रले ती विद्यार्थीको परीक्षा लिएका थिए । ५५ जना दृष्टिविहीन विद्यार्थीले एसईई दिएका थिए । गत वर्षसम्म दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता भयो । कतिपय सेन्टरमा दृष्टि विहीनका लागि छुट्याइएको प्रश्नपत्र विद्यार्थीहरुले गरेर आएको जानकारीमा आएको छ। एसईईको नतिजा असारको तेस्रो हप्तामा प्रकाशन गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको बुझिएको छ ।