आइतबार गम्भीर सेतुमा मन्त्रीज्यूको अवलोकन

माननीय शिक्षा मन्त्री विद्या भट्टराईबाट गत असोज १२ गते आएको बाढि बाट भएको क्षतिबारे अवलोकन गरिएको छ । महालक्ष्मी नगरपालिकामा रहेको गम्भीर सेतु विद्आयालयमा मन्त्रीज्तयूबाट अवलोकन गरिएको हो । अवलोकनका क्रममा उहाँसँग माननीय प्रेम बहादुर महर्जन, पू्र्व स्वास्थ्य मन्त्री तथा महालक्ष्मी नगर मेयर रामेश्वर श्रेष्ठ र ललितपुर जिल्ला शिक्षा इकाई प्रमुख श्री निम प्रकास सिंह राठोर पनि रहनु भएको थियो । महालक्ष्मी न पा का शिक्षा निर्देशक श्री चिरन्जीवि पौडेल, वडा नं २ का वडाध्यक्ष श्री ध्रुव खत्री, वडा सदश्यहरू श्री कृष्ण कुमार सुवेदि ,श्री नवराज सुवेदी तथा श्री ज्ञानु सुनार लगायतबाट अवलोकन गरिएको हो । बाढीले नदी आसपासका क्षेत्रहरूमा ठुलो नोक्सानी पुर्याएको थियो । गोदावरी खोलाले धापाखेल , हात्तीवन ,ग्वार्को र बालकुमारी पुल नजिकैका क्षेत्रमा धेरै क्षति पुर्याएको थियो भने बालकुमारी आसपासकै गम्भीर समुन्द्र सेतु विद्यालयको प्राङ्गणमा बालुवा र पाङ्गो माटो थुपारेको थियो । गम्भीर समुन्द्र सेतु नदी किनार नजिकै रहेको सरकारी विद्यालय हो भने भौतिक संरचना र अब्बल पढाइमा कसैबाट खोट लगाउन नमिल्ने महालक्ष्मी नगरपालिकामा निकै चर्चामा रहेको विद्यालय भएको पूर्व प्रधानाध्यापक देवेन्द्र महर्जनले जानकारी दिए । मन्त्रीज्तयूबाट त अवलोकन भयो के कस्तो सहायता पाइन्छ त्यो भने हेर्न बाँकि रहेको विद्यालय प्रशासन बताउँछ ।