आज विश्वभर एक आपसमा प्रेम साटासाट गरी प्रणय दिवस मनाईंदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका छन् ।बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रणय दिवस विश्वभरमा नै मनाउन थालिएको हो ।सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवसका रुपमा भ्यालेन्टाइन डे मनाउने चलन छ ।देशका पर्यटकीय ठाँउहरुमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिएको छ । भ्यालेन्टाइन डे को औपचारिक शुरुवात सन् २६९ तिर रोमनबाट भएको मानिन्छ ।
नेपालमा पनि पछिल्ला केही वर्षयता युवा युवतीहरुमा प्रणय दिवसको प्रभाव बढदो छ ।रोज डे, चकलेट डे,क्यान्डी डे प्रपोज डे,प्रमिस डे,हग डे,किस डे पछि मनाइने आजको दिन भ्यालेन्टाइनडेले धेरै युवायुवतीहरुमा आत्मीयता बढेको र घरजम समेत चल्न मद्दत पुग्ने गरेको बिश्वास मानिदै आएको छ ।
