विश्वको दोस्रो प्रदूषित सहर काठमाडौं बनेको छ ।
वायु स्वच्छता मापन गर्ने आईक्यू एअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौँको वायु प्रदूषण १९६ एक्यूआई छ ।पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ । त्यस्तै,नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।वातावरण विभागका अनुसार पोखरा पछि दोस्रो स्थानमा काठमाडौँको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु प्रदूषण १८२ एक्यूआई मापन गरिएको छ । त्यस्तै भक्तपुर (१६९), धनगढी (१६७), रत्नपार्क क्षेत्र (१६३), हेटौंडा (१५९) र खुमल्टार (१५९) एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।
५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । नेपालको राजधानी काठमाडौं विश्वको दोस्रो प्रदुषित र पाकिस्तानको कराची पहिलो नम्बरमा रहेको छ ।