इजरायलमा रहेका नेपालीहरू शुक्रबार बिहान नेपाल आइपुगे

इजरायलमा रहेका नेपालीहरू नेपाल आइपुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट बुधवार राति २५४ जना नेपाली काठमाडौँ आइपुगेका हुन् ।

उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो ।नेपालीहरूलाई लिएर काठमाडौँ आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री साउदले नेपालीहरूलाई सुरक्षित राख्न इजरायल सरकार समर्पित पाएको बताए ।

आफूलाई भेट्न इजरायलका विमान मन्त्री आफैँ विमानस्थल आए पनि आफू नपुग्दै फर्किनु परेको भन्दै उनले अरू अधिकारीसँग भेट नभएको बताए । उनले भने , ‘इजरेल(इजरायल)सरकार त्यहाँ भएका नेपाली र अरू विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’

उनले इजरायलमा मा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरूको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरू आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ।