देशभर धुमधामका साथ गुरुपूर्णिमा मनाइयो

१८ असार २०८० काठमाडौं । आज देशभर धुमधामका साथ गुरुपूर्णिमा मनाइएको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् ३ जुलाई २०२३ सोमबारका दिन हरेक शिष्यले आफ्नो गुरुबाट आशिर्वाद थापेर गुरुपूर्णिमा मनाएका हुन् ।गु को अर्थ अन्धकार र रु को अर्थ हटाउनु भन्ने हुन्छ । शिष्यलाई ज्ञानको प्रकाश छर्ने काम गुरुले मात्र गर्न सक्ने भएकाले करीब ५ हजार वर्ष पहिले देखि गुरु पूर्णिमा मनाईंदै आएको मानिन्छ । द्वापर युगमा ऋषि परासर र माझीपुत्री(सत्यवती)को संसर्गबाट व्यास पुत्रको जन्म भएको कथन छ ।वेद, उपनिषद र विभिन्न ग्रन्थहरू लेखेर चर्चा कमाएका ऋषिलाई नै गुरु मानेर आज विभिन्न शैक्षिक संस्थाहरुमा गुरु पूर्णिमा भव्य रुपमा सम्पन्न भएको छ । विशेषतः पिता,माता,मामा, ससुरा,मावली बाजे,जिजुबुबा, ब्रह्मामण काका आदिलाई गुरु मानिने प्रचीन चलन रहेपनि अहिले ज्ञान र व्यवहार सिकाउने असल गुरुको रुपमा शिक्षक शिक्षिकालाई मानिन्छ ।फावेलका भनाइलाई मान्ने हो भने विद्यार्थी, शिक्षक र विद्यालयलाई क्रमशः विरुवा,माली र बगैंचा मान्नुपर्ने हुन्छ । ब्राह्म, विष्णु र महेश्वरलाई अहिले साक्षात गुरु मान्दछौ ।ऋषिमुनिका अनुसार गुरुकुलीय शिक्षा प्रणाली ८ वर्ष देखि २८ वर्ष सम्मको अवधिलाई मानिथ्यो ।अहिले ३ वर्ष देखि २४ वर्ष सम्म शिक्षक शिक्षिका मार्फत विद्यालयमै विद्यार्थी वा शिष्यलाई शिक्षा दिइन्छ । त्रेता युगमा पनि राम र कृष्णले गुरुकुलमा नै शिक्षा लिइएको कथन छ । दक्षिण कोरिया,सिङगापुर,हंङकङ लगायत देशमा अहिले शिक्षक स्नातक वा स्नातकोत्तर तह हासिल गरेको मात्र राख्ने गरिन्छ । भारतीय पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णका अनुसार शिक्षक देशको उत्तम मन र मस्तिष्क भएको व्यक्तिहरुलाई मात्र बनाउनुपर्छ ।त्यसो त पहिले गायत्री मन्त्र,दीक्षा अनि वेद मन्त्र सिकाउने ज्योतिष वा गुरु लगाइन्थ्यो अहिले पेशागत गुरुलाई मात्र गुरु मानिने थालिएको छ । बुद्धले करीब ६ वर्ष तपस्या गरी सुजाता मातासँगको निरञ्जना नदी र सागरनाथको धर्म महावीर गान्धारबाट गौतम स्वामी र प्रथम शिष्य बनाएको दिनलाई गुरुपूर्णिमा मानिएको भनाई छ ।१५ हजार वर्ष
पहिले शिवले तपस्यामा लीन हुँदा तपस्वीत शिष्यहरुलाई ज्ञान र दीक्षा दिएको र मार्ग निर्देशन गरेको भनाइ छ सो तपस्वीत ऋषि दक्षिण भारत देखि माक्सिको सम्म हिडेका थिए भन्ने किंवदन्ती छ ।

नमुना स्कुलले मनायो सभ्य भव्य रुपमा गुरु पूर्णिमा


ललितपुरको लुभुमा रहेको अंग्रेजी माध्यमिक विद्यालय नमुना माविले सभ्य र भव्य रुपमा गुरु पूर्णिमा मनाएको छ । विद्यालयका प्रिन्सिपल कैलास मल्लका अनुसार शिष्यहरुले कक्षागत रुपमा केक काटेर आफ्ना गुरुलाई खुवाई आशिर्वाद थापेर गुरु पूर्णिमा मनाएको बताए । लुभुमा जिल्लाकै नमुनाको रुपमा रहेको विद्यालयका विद्यार्थी पनि नमुना नै रहेकाले गुरु पूर्णिमा पनि नमुना तरिकाले मनाएको प्रिन्सिपल मल्लले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।

गुरुलाई सम्मान गर्दै शिष्य