सुनसान काठमाडौं उपत्यका बिस्तारै चहलपहल सुरु हुन थालेको छ । दशैंमा प्रायः सुनसान देखिने काठमाडौं उपत्यका सडकमा बिस्तारै फाट्टफुट्ट सवारी यातायात र यात्रुको चहलपहल सुरु भएको हो । ललितपुर जिल्ला अन्तर्गतको महालक्ष्मी नगरपालिकामा आइतबार फाट्टफुट्ट सवारी यातायात र यात्रुको चहलपहल बढेको देखिएको छ । दशैंमा सुनसान देखिने काठमाडौं उपत्यकाका सडकमा यसपालि अलि छिट्टै चहलपहल बढेको देखिए साना गाउँका स्थानीय मुकेश श्रेष्ठ बताउँछन् । आकाशमा उड्ने जहाज भने धमाधम उडन थालेको छ । बिपी राजमार्ग अवरुद्ध भएपछि गतसालको तुलनामा यो वर्ष अलि कम मानिसहरुले उपत्यका छाडेका थिए । करीब ३०-४० लाख मानिसहरु उपत्यकाबाट गाउँ फर्किने गरेकोमा यो वर्ष १०-१२ लाख जतिले मात्र उपत्यका छाडेको अरनिको यातायात समितिले जानकारी दिएको छ । वर्षभरि काम दिने साहु ठुलो मानेर जागिर गर्दै कमाउने अनि दशैंमा आफ्नो जन्मघर बाउ ठुलो मान्ने र बिजयादशमीको आशिर्वाद थाप्ने गरी गाउँघर पुगेका मानिसहरु फर्किएपछि उपत्यका भीडभाडमय देखिने गरेको छ ।
काठमाडौँ उपत्यका सुनसान, सडकमा सवारी फाट्टफुट्ट, हेर्नुहोस् भिडियो सहित
