असोज १२ को बाढीले बिपी राजमार्ग अवरुद्ध, यात्रु अन्योलमा

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकाको नेपालथोकबाट आँपघारीसम्मको सडक बिहिबार देखि खुलेको छ । तीन दिनको अथक प्रयासबाट सो खण्ड सञ्चालनमा आएको हो । रोशीखोलाको बाढीले नेपालथोक आँपघारीबीचको बान्द्रेओडारमा दुईसय मिटर सडक बगाएपछि सडक अवरुद्ध बनेको थियो ।चारवटा मेशिन प्रयोग गरेर रोशी खोला किनारबाट अस्थायी सडक बनाएर आवागमन खुलाइएको हो । आँपघारी अगाडि बालुवामा रोशीखोलाले करिब डेढ सय मिटर सडक बगाएपछि डिभिजन कार्यालयले खाल्टे र सुनकोसी गाउँपालिकाको एक्साभेटर, लगाएर क्षेत्रमा थालेको बताइएको छ । चौकीडाँडाबाट पनि अस्थायी सडक बनाउने लक्ष्य राखे पाँच दिनमा सवारीसाधन सञ्चालनमा ल्याउन सकिने जानकारहरु बताउँछन्। असोज १२ को बाढीले बिपी राजमार्ग अन्तर्गत रोशी, खुर्कोट लगायत ठाउँमा अत्यधिक क्षति पुर्याएको छ भने दशैँको मुखमा बाटो बिग्रिएकाले सोबाटो भएर चल्ने सवारीलाई पुरानो बाटो तामाकोशी मन्थली रामेछापको रुपमा चलाउन सकिने एक यातायात व्यवसायी समितिका सदस्यले बताए ।