मङ्सिर ३० गते श्री निलकण्ठेश्वर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजको भेला हुने

मन्थली-२ अन्तर्गत रहेको श्री निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजको वृहत भेला हुने भएको छ । केही दिन अघि कोटेश्वरमा बसेको तदर्थ समितिको बैठकपछि यही ३० गतेको लागि भक्तपुरमा वृहत भेला राख्ने निर्णय गरेको हो। तदर्थ समितिका सदस्यहरूको निर्णयले भेलामा उपस्थित हुन सम्पूर्ण पूर्व विद्यार्थीहरुमा अनुरोध गरेको छ । तदर्थ समितिका सदस्य विष्णु आलेले भने- पूर्व विद्यार्थी समाज एक स्वतन्त्र संघ /संगठन/समाज रहने र कुनै राजनीतिक दल विशेष,संगठन वा राजनीति गर्ने उदेश्यले गठन गर्न लागेको होइन ? ३० गते शनिबार हुने वृहत भेलामा को के कहाँ कति र कुन ठाउँमा कसरी छरिएर नामाङ्कित छन् त्यसको सामूहिक डाटाबेस तयार गरिने र तदर्थ समितिले संगठनको पूर्ण संरचना तयार गर्नेछ । आलोचनात्मक सुझाव सहित कार्यक्रममा उपस्थितिको लागि तदर्थ समितिका सदस्यहरुले सामाजिक सञ्जालमा पोष्ट पनि राखेका छन् । नवगठित कार्यसमितिले भावी कार्ययोजना तयारका लागि चाँडै विधान मस्यौदामा छलफल गरेर दर्ता प्रक्रियामा लाग्नेछ ।करीब ४ सय जति पूर्व विद्यार्थी सदस्य सो विद्यालयमा रहेको अनुमान गरिएको छ भने प्रारम्भिक शुल्क तत्कालीन तदर्थ समिति र भेलाको निर्णयबाट सार्वजनिक गरिने बुझिएको छ । भेला कार्यक्रममा प्रदेश सभासद देखि वडाध्यक्ष सम्म र जिल्लामा ख्यातिप्राप्त व्यक्तित्व देखि राष्ट्रिय व्यक्तित्व सम्मको उपस्थित रहने आकलन गरिएको छ ।