नयाँ जनवादी माेर्चा, नेपाल र क्रान्तिकारी माेर्चा, नेपाल बिच एकता कायम गरेर अगाडि बढ्ने सहमति

तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरेका दुई माेर्चाहरुले हालै एक संयुक्त विज्ञप्ति निकाल्दै एकताकाे घाेषणा गरेका छन् । केही दिन अघि काठमाडौँको बाग बजारमा भएको संयुक्त बैठक निर्णयले ती मोर्चाले एकताको घोषणा गरेका हुन् ।

अशाेक शर्माले नेतृत्व गरेकाे नयाँ जनवादी माेर्चा, नेपाल र विष्णु खड्काले नेतृत्व क्रान्तिकारी माेर्चा, नेपाल बिच बैचारिक, सैद्धान्तिक तथा दार्शनिक रुपमा एकरुपता कायम रहेकाे कारण राजनीतिक तथा सांगठनिक एकता कायम गरेर अगाडि बढ्ने सहमति भएकाे छ।

सांगठनिक रुपमा एकतालाई अन्तिम रुप दिन दुबै पक्ष मिलाएर ३/ ३ जनाकाे कार्यदल गठन भएकाे हो । जसमा नयाँ जनवादी माेर्चा, नेपालकाे तर्फबाट संयाेजक अशोक शर्मा, प्रवक्ता दिनेश वर्ताैला र केन्द्रीय सदस्य रविन लिम्बू छन् । क्रान्तिकारी माेर्चा नेपालकाे तर्फबाट संयाेजक विष्णु खड्का, सहसंयाेजक माेहन पहाडी र प्रवक्ता धर्म विसी छन्।

नयाँ जनवादी माेर्चा, नेपालका प्रवक्ता दिनेश वर्ताैलाले न्युजकिरण डटकम संवाददातासँग भने-चाँडै नै कार्यदलको बैठक बसी सांगठनिक एकता हुन्छ । माेहन वैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) र धर्मेन्द्र वास्ताेला नेतृत्वको नेकपा (बहुमत) मिलेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको निर्माण भएपछि एकताकाे नाममा विचार परिवर्तन गरेकाे भन्दै केन्द्रीय सदस्य अशाेक शर्मा लगायतका देशभरका युवाहरुले विद्राेह गरि नयाँ जनवादी माेर्चा निर्माण गरेको बर्तौलाले बताए।

माेर्चाले पछिल्लो समय प्रदेश न. १, ३ र ४ का भेलाहरु सम्पन्न गरेको जनाएको छ । देशव्यापी रुपमा युवाहरु संगठित गर्दै आएकाे उक्त समुहले छरिएर रहेका देशभरिका क्रान्तिकारी समुहहरुबीच एकताबद्ध भएर जाने लक्ष्य लिए अनुसार आफुहरुले काम गरिरहेकाे नयाँ जनवादी माेर्चाका संयाेजक अशोक शर्माले बताए ।