११ जेठ २०८० काठमाडौं । ललितपुर महानगरले दोस्रो चरणअन्तर्गत करिब १४ सय सडकबत्ती जडान गरेको जनाएको छ । महानगरले कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार, सुनाकोठी, खोकना, भँैसीपाटी हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखेको जनाएको हो। ती सडकखण्डको धेरै ठाउँमा बत्ती बल्नसमेत थालिसकेको छ । बत्ती जडानमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लागत छ । उनका अनुसार पहिलो चरणअन्तर्गत बत्ती राखिएका ठाउँबाट सकारात्मक प्रतिक्रिया आएपछि दोस्रो चरणको काम सुरु गरिएको थियो ।
महानगरले पहिलो चरणअन्तर्गतको ६ सय स्मार्ट सडकबत्ती फागुन ०७७ मै जडान गरिसकेको हो । यसअन्तर्गत कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा सडकबत्ती राखिएको थियो । सवारी दुर्घटनाको प्रमुख कारण अँध्यारो सडक भएकाले सडकबत्ती राख्न जरुर छ ।