बाँदरको प्रेम कहानी हेर्नुहोस् ,भिडियो सहित

१० जेठ २०८० काठमाडौं । बालकुमारी चहुर नजिकै खुट्किलामा बाँदरहरु जुम्रा हेरेर समय कटाउने गरेका छन् । काम पाइने बुहारी पाडाको कन्नो कन्या भनेझैं बाँदरहरुले फुर्सदका समयमा जुम्रा हेर्दै एक आपसमा जिउ मुसार्दै समय कटाउने गरेका हुन् ।केही वर्ष अघि देखि मान्छे टोक्ने बालकुमारीको बाँदर भनेर सबै तर्सिने र भाग्ने गर्दथे र अहिले पनि भिडियो चित्रमा अंकित बाँदरले मान्छेलाई झम्टिहाल्ने,टोक्ने र अरुलाई जिस्क्याउने नभए आफ्नै एकोहोरो पारामा खेल्ने गरेको पाइएको छ । फूर्सदको समय भने जोडी बाँदर जुम्रा हेरेर बस्ने गर्दछन् । त्यसो त बाँदरले जुम्रो टिपेर खाने गर्छन् भने यिनीहरुको जोडी एकान्तमा बसेर जुम्रा हेर्दै मनोरञ्जन क्रियाकलाप पनि गर्ने गर्दछन् । बढदो सहररीकरणले बाँदर बस्ती मासिदै गएको छ भने अाजभोलि बाँदरले खेल्ने खेती योग्य जमिन मकै भाँचेर खाँदै भाग्ने जंगल आदि पाउन मुस्किल भइरहेको छ ।

गाउँ घरतिर बाँदरहरु जंगलमै बस्दै आत्म निर्भर समेत रहेका छन् भने सहरतिर मठमन्दिरहरूमा पुजारी र भक्तजनबाट आश्रित छन् । जेहोस सहरमा रहेका बाँदरको छाडापनबाट विभिन्न किसिमका रोगहरु अन्य जनावरहरूमा सर्न सक्ने सम्भावनालाई भने नकार्न सकिन्न । खुल्ला ठाउँमा उनीहरुको यौनिक गतिविधि,जथाभावी घुम्ने र तारपोलहरुमा चढ्ने बानीलाई सम्बन्धित निकायले हेक्का भने राखिरहनु पर्ने देखिन्छ । हेर्नुहोस् यस्ता छन् उनीहरुका दिनचर्या: