बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

११ जेठ २०८० काठमाडौं । जेठ ११ गते बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिएको जनाएको हो।तर अघिल्लो पटक स्थानीय जात्राको बिदा दिएको ललितपुरको महालक्ष्मी नगरपालिकाले भने बिदाको उल्लघंन गरेर केही शिक्षण संस्था र सहकारी साचालन गरेको छ ।