लगनखेलमा दशैं बजार चर्को

ललितपुरको लगनखेलमा दशैं बजार दशैँमा पनि भीडभाडमय बनेको छ । विहिबार टीकाको दिन पनि बजारको अवस्था भीडभाडमय देखिएको हो ।प्राय: दशैँमा उपत्यकामा अस्थायी बसोबासमा रहेका अधिकांश मानिसहरू आफ्नो जन्मथलो टीका लगाउन जाँदा शून्य रहने गर्दछ ।यसपालि भने टीकाको दिन पनि बजार भीडभाडमय बनेको हो ।करीब ५-७ लाख मानिसहरु दशैमा टीका लगाउन घर फर्कदा उपत्यकाका सडक लगभग शून्य दैखिन्छ । नयाँ कपडा किन्न र मिठो मसिनो जम्मा भएर खाने पर्व पनि दशैं नै हो ।धार्मिक तथा सांस्कृतिक संरक्षणका निम्ति दशै एक अपरिहार्य चाडको रुपमा लिइन्छ।मान्यजनबाट आशीर्वाद थाप्ने परम्परागत मान्यता रहेको नेपाल विश्वका लागि उदाहरण बन्न सक्छ ।