शिक्षक महासंघले ततायो यसरी बानेश्वर सडक,भन्यो शिक्षा विधेयक खारेज गर?

नेपाल शिक्षक महासंघको अगुवाइमा आज शिक्षकहरू बानेश्वर सडक तताएका छन् । हेर्दा गणतन्त्र घोषणाको दिन जतिकै लाग्ने जुलुस सहित उनीहरुले सडक तताएका हुन् । माइतीघरमा जम्मा भएर सडक तताउने सो आन्दोलन बानेश्वर चोक नजिकै सुरक्षा तारबार घेराबन्दीमा रोकिएको थियो ।७७ वटै जिल्लाबाट आन्दोलनमा सहभागी राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारीले सडक तताउने यातायात समेत तहसनहस पारेका थिए ।

शिक्षक महासंघले गरेको जुलुस
बानेश्वर

महासङ्घले विधेयकको विरोधमा विभिन्न १८ बुँदे असहमति राख्दै घोषणा गरेको सो आन्दोलन कार्यक्रममा शिक्षा प्रणाली आफैमा विकृत रहेको र नयाँ विधेयकले झनै विकृत बनाउने भन्दै विधेय संशोधनका माग अघि सारेका थिए । शिक्षक
एकता जिन्दावाद? हाम्रो माग पूरा गर? विरोध प्रदर्शनका क्रममा शिक्षा मन्त्री राजीनामा दे? शिक्षा विधेयक खारेज गर?पुरानै पेन्सन ब्यवस्था लागू गर? जस्ता नारा उनीहरुले लगाएका थिए।

प्राय: आन्दोलनमा सहभागीहरुले छाता ओडेर आन्दोलनमा सहभागी जनाएका थिए ।

केहीबेर त सुरक्षा कर्मीलाई समेत तारबार जोगाउन हम्मे हम्मे परेको थियो तर ती आन्दोलनमा सहभागीगणले हामी विद्यालयमा नैतिक पढाएर सरकार चलाउनेलाई नैतिक शिक्षासम्बन्धी ज्ञान दिन आएको सम्म भन्न भ्याए ।


हालै सदनमा पारित शिक्षा विधेयकमा आधारभूत तहका शिक्षक हुन स्नातक र मावि शिक्षक हुन स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, शिक्षक राजनीतिमा पार्टीमा संलग्न हुन नपाइने, शिक्षक हुन पुरुष ३५ र महिला ४० वर्ष सम्म लोकसेवा आयोग लडन पाउने जस्ता मापदण्ड तोकिएको थियो ।

धेरै शिक्षकले उमेर हदबन्दी र राजनीतिक पार्टीको संलग्नता जस्ता कुरालाई अघि सारेका छन् ।आन्दोलनमा सहभागी एक शिक्षकले न्युजकिरण डटकम अनलाइन खबरसँग भने चुनावमा हामीलाई सरकारले खटाउँछ । हामी महासंघमा ट्रेड युनियन अधिकारको लागि लागि परेका छौ ? के यो सब राजनीति भन्दा अलग छ र ?