काठमाडौं नगरपालिकाले विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने जनाएको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर आन्दोलनमा गएको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ। महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ। यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी नगरले थाल्ने छ ।
यस अघि पनि काठमाडौं महानगरपालिकाले बोर्डिङमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई सरकारी स्तरको तलब सेवा सुविधा नदिएमा नगरपालिका शिक्षा शाखामा जानकारी गराउन जानकारी गराएको थियो ।