नयाँ वर्षलाई स्वागत गर्दै आज गुरुङ समुदायले‘तमु ल्होसार’ मनाउँदैछन् ।‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । गुरुङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने किंवदन्ती छ।पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ समुदायले आज टुडिंखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
सम्बन्धित समाचार
आश्रममा बसेको साथीलाई हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ
- Bishnu Ale
- २६ भाद्र २०८०, मंगलवार १६:२०
- 0
एक आश्रममा बस्ने पुरुषको हत्या अभियोगमा सोहि आश्रममा बस्ने अर्को व्यक्ति पक्राउ परेका छन् । […]
सप्ताह महापुराण गरेर चम्पादेवी गाउँपालिकामा बस संचालन
- Bishnu Ale
- ९ मंसिर २०८०, शनिबार २२:४५
- 0
चम्पादेवी गाउँपालिका वडा नं ७ मा सप्ताह महापुराण गरेर बस संचालनमा ल्याइएको छ । लामोसमय […]
सेतीदेवी सामुदायिक वनमा एकजना पुरुषको शव फेला
- Bishnu Ale
- १४ बैशाख २०८०, बिहीबार १२:३०
- 0
१४ बैशाख २०८० काठमाडौंँ । भक्तपुरको खरिपाटीस्थित सेतीदेवी सामुदायिक वनमा एकजना पुरुषको शव फेला परेको […]