परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत्र ७ गतेबाट सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा आवेदन फारम खुला गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गतेभित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको हो ।
सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्नेलगायतका काममा सम्बन्धित प्रदेशअन्तर्गतका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि सूचनामा आग्रह गरिएको छ । अहिले कोर्ष लगभग सकिएको प्याब्सनका एक प्रतिनिधिले बताए ।सरकारी विद्यालयको तुलनामा बोर्डिङ स्कूलको नतिजा उत्कृष्ट बन्दै गइरहेको तिनले बताए।