रुबिना सिंहको बोकाहरूको झगडा ‘कथा’

तारे वनमा दुईवटा बोका बस्थे । एउटा बोकाको नाम खैरे बोका र अर्को बोकाको नाम काले बोका थियो ।बोकाहरूका विचार फरक फरक भएकाले कहिल्यै मिल्दैनथे । जहिल्यै एकअर्काको विरोध गर्थे। जोसुकै परिस्थितिमा पनि एकअर्कालाई सहयोग गर्दैनथे । एकअर्कालाई मन पनि पराउदैनथे । एकअर्का बिच जहिल्यै झगडा हुन्थ्यो ।झगडा पर्दा अरु जनावरहरूले छुट्‌टाउने गर्दथे ।

यसरि नै दिनहरु बितिरहेका थिए। एक दिन बोकाहरू‌को भेट सानो काठ‌को पुलमा भयो। दुवै बोकाहरू काठको पुलको दुवै छेउबाट आइरहेका थिए। दुवै बोका काठको पुलको बिचमा हिँडदै आइपुगे। काठ‌को पुल सानो भएकाले एउटा मात्र जान सक्थ्यो। दुवै बोकाहरुबिच ठेलमठेल भई झगडा हुन थाल्यो। खैरे बोकाले भन्यो “म तँ भन्दा जेठो हुँ त्यसैले म पहिला जान पाउनु पर्छ” काले बोकाले त्यस्को जवाफ दिदै भन्यो ” होइन मचाहिँ तँ भन्दा जेठो हुँ त्यसैले म पहिला पूरा जान पाउनु पर्छ”। त्यसो
भन्दै बोकाहरु झगडा गर्न थाले । दुवै बोका “म पहिला जान्छु, नाई म पहिला जान्छु भन्दै जुधिरहे। खैरे बोकालाई रिस उठ्‌यो र उसले काले बोकालाई आफ्नो सिङले एक घुसा हान्दियो । काले बोका पनि के कम उसले पनि खैरे बोकालाई सिंङले एक हान्यो । दुवै बोकाको झगडा तीव्र गतिमा चल्न थाल्यो । दुवै बोकाहरूले एकअर्कालाई जित्न प्रयास गरिरहेका थिए। लाग्थ्यो घमासान लडाईंमा बोकाहरु बहादुरी देखाइरहेका थिए । अन्तत:काठ‌को पुल सानो भएकाले दुवै बोकाहरु खोलामा खस्न पुगें ।खोलामा बाढी आइरहेको थियो ।खोलाको वहावले दुवैलाई बगाइ दियो । दुवै बोकाहरुलाई बढीबाट जोगिन धेरै जुक्ति निकाले तर सकेनन्।बोकाहरु मरे ।यस कथाबाट घमन्ड गरेमा दुवैको नाश हुनेछ भन्ने सन्देश पाउन सकिन्छं।
-रुबिना सिंह