यसपटक +२ नेपाली परीक्षा नतिजामा ३२ हजार चार सय ९५ असफल, ए प्लस ल्याउने एक हजार ६ सय २४ मात्र

उपनियन्त्रक कृष्ण घिमिरेले उपलब्ध गराएको तथ्यांकअनुसार
नेपालीमा ३२ हजार चार सय ९५ असफल थिए भने ए प्लस ल्याउने एक हजार ६ सय २४ मात्र थिए। यी दुवै अनिवार्य विषय हुन् ।

बढी विद्यार्थी अंग्रेजी विषयमा असफल भएका छन्। अंग्रेजीमा कुल सहभागीमध्ये एक लाख एक हजार एक सय १३ विद्यार्थी ‘नन्ग्रेडिङ’ थिए भने ए प्लस ल्याउने एक हजार पाँच सय ६७ मात्र थिए।

१२ को नियमित परीक्षामा एकाउन्टमा कुल एक लाख ७१ हजार परीक्षार्थीमध्ये ६६ हजार एक सय ७१ ‘ननग्रेडिङ’मा थिए। ए प्लस ल्याउने दुई हजार ६ सय १२ थिए भने समाजिक अध्ययनमा तीन लाख १२ हजार विद्यार्थीमध्ये ५४ हजार एक सय १३ असफल रहे। ए प्लस ल्याउने एक सय नौ मात्र थिए। गणितमा कुल ५२ हजारले परीक्षा दिएकोमध्ये आठ हजार ८२ असफल थिए ।