शुभकामना माविको विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

ललितपुरको भोलढोकामा रहेको शुभकामना माविले मंगलबार विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा
आफ्नै विद्यार्थीहरुबाट निर्मित प्रविधिहरुको स्टल अभिभावकहरुले अवलोकन गरेर कार्यक्रम सम्पन्न गरेको हो ।३८ वर्ष पुरानो बोर्डिङ स्कूलको आफ्नै कलेज समेत रहेको प्रधानाध्यापक राजेन्द्र उप्रेतीले न्युजकिरण अनलाइन खबरलाई जानकारी दिनुभयो ।
च्यासल एरियामा आफ्नो विद्यालय सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा दिने विद्यालय रहेको र शान्त वातावरणमा सहज र सर्वसुलभ शिक्षा दिँदै आएकाले विद्यार्थी चाप पनि बढीरहेको बताउनुभयो । स्थानीय अभिभावकको रोजाइ तथा बहालमा बस्ने अभिभावकको मन पर्ने विद्यालयमा परेको हुनाले होला यस वर्ष पनि सदाझैं सिमित सिटमा भर्ना लिइने विद्यालयका एकान्टेन शुभ बज्राचार्यले बताउनुभयो ।

परम्परागत रूपमा चलि आएको ढक तराजु मापन देखि टेलिस्कोप र फोनको इतिहास,ज्यालामुखी बिस्फोटन, जंगली युगको प्रारम्भ समेत प्रदर्शनीमा देखाइएको थियो । यस्तो रहेको छ प्रदर्शनी दृश्य: