कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरूलाई आफ्नो पदबाट राजीनामा दिन पनि पछि नहट्न निर्देशन दिएका छन् ।आइतबार आफ्नै निवास बोलाएर देउवाले मन्त्रीहरूलाई उक्त निर्देशन दिएका हुन् । देशको राजनीतिक परिस्थिति कस्तो हुने निश्चित नभएकोले जस्तोसुकै परिस्थितिका लागि तयार रहन देउवाले निर्देशन दिए । अहिलेको सरकार गठबन्धनको सरकार हो प्रधानमन्त्रीको निर्देशन अनुसार काम गर्नुहोला ? संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा एक्कासी पुरानो अडान छाडेर माओवादीलाई सजिलो हुनेगरी एमालेले धारणा अघि सारेपछि देउवाले गठबन्धन प्रति सानो आशङ्का बढाएका छन् । आइतबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव वर्षमान पुनले छुट्टै बसेर निर्णायक छलफल गरेका थिए। रास्वपा, जसपालाई पनि सँगै लिएर नयाँ गठबन्धन बनाउनेतिर राजनीति अघि बढेको हो । देउवाले गठबन्धन सरकारको आलोपालो नेतृत्व गर्ने सम्झौता रहेकाले अब सरकारको नेतृत्व काँग्रेसले दावी गर्ने स्रोतको भनाइ छ । नयाँ गठबन्धनतिर लाग्ने वा मन्त्रीमन्डल हेरफेर गरेर यही सरकारलाई निरन्तरता भन्नेबारे माओवादीले वृहत छलफल चलाइरहेको बुझिएको छ।
कांग्रेसका मन्त्रीहरुलाई राजीनामा गराउँदै देउवा, दलगत छलफल जारी
