कांग्रेसका घाइते सहमहामन्त्री यादव ट्रमा सेन्टरमा

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भइ घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घाइते यादवलाई ट्रमा सेन्टरमा लगिएको छ।

रिपोर्टस क्लबको कार्यक्रम सकेर बाहिर निस्केका यादवमाथि खुकुर प्रहार भएको थियो ।

यादवको टाउकोमा चोट लागेको छ।

‘उहाँलाई टाउकोमा खुकुरी प्रहार भएको रहेछ, उपचारका लागि ट्रमा सेन्टर लगिएको छ। बोल्न सक्नुहुन्छ,’ उनले भने।

यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। नुवाकोट घर भएका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले किन सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका हुन् भन्नेबारे रहस्य खुलिसकेको छैन। यो समाचार सेतोपाटीमा प्रकाशित छ ।