रुविना सिंहको ‘फर्क देश’ कविता

बुद्रको जस्तो हुनुपर्छ हाम्रो विचार
हरदिन नेपाली विदेसिएको आउँछ समाचार
जानु हुदैन अब आफ्‌नो छाडी गाउँघर
मरेका नेपालीको खबर
हामी नै हौं हाम्रो देशको शान
हामीले नै राख्नुपर्छ हाम्रो देशको मान
हामीले नै देशको नक्सा अब कोरौँ
विदेश गएका नेपाली अब देशमैं झरौं ।।

अबका युवाले नै बनाउने हो देश
आफ्नो देशमा साग सिस्नो खाएको वेश
गाउँमा नै बनाउने हो अब एउटा घर
विदेश किन जान्छौ हे मारी आफ्नै रहर ॥

विदेश जाने सपना अब छाडिदेउ
विदेश गएका नेपाली अब फर्किदेउ
झुलेका छन् गौरी खेतमा धान
हामीले गाउनुपर्छ अब राष्ट्रिय गान ॥
-रुविना सिंह