निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन(प्याब्सन )मध्यपुरथिमी नगर प्याब्सन अध्यक्षमा सुमन बस्नेत चयन भएका छन् । हालै भएको तेस्रो नगर प्याब्सन अधिवेशनले युनिक नेपाल एकाडेमी लोकन्थलीका बस्नेत नयाँ कार्य समितिको अध्यक्ष पदमा चयन भएका हुन् ।उपाध्यक्षमा लर्ड बुद्ध इङलिस स्कूलका बुद्धरत्न बादे, सचिवमा तपोभूमि स्कूलका मनोज दिक्षित र कोषाध्यक्षमा एडभान्स एकाडेमीका सोमकृष्ण प्रजापति चयन भए । प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष जनप्रेमी स्कुलका निलेश आचार्यलाई मनोनयन गरिएको छ ।
सदस्यहरु एक्टिभ इङलिस स्कुल आशाहरी प्रजापति, क्रियटिभ लर्नस एकाडेमीका कृष्णहरी धवा श्रेष्ठ र वेल फेयर एकाडेमीका अनिता कायस्त चयन भएका छन् ।