११ जेठ २०८० काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध दुई अखिल (क्रान्तिकारी) ले भ्रष्टाचारीहरु र मानव तस्करहरुलाई कडा भन्दा कडा कारबाहीको माग गर्दैै बानेश्वरमा कोणसभा गरेका छन् ।
माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्मको विरोध र्याली प्रदर्शन गरेर उनीहरुले कोणसभा गरेका हुन् । कोणसभामा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको माफियाकरण तथा महंगी, बेथिति, भ्रष्टाचार, संगठित अपराध, मानव तस्करी, राष्ट्रघाती कदम विरुद्ध प्रदर्शन कार्यक्रम’ लेखिएको ब्यानर र प्लेकार्डसहित क्रान्तिकारी विद्यार्थीहरुले विरोध रहेको बताएका छन्।
त्यसैगरी विरोध प्रदर्शनलाई सम्बोधन गर्दै विरेन्द्र शाहले भ्रष्टाचारी र मानव तस्करहरुका नाइकेहरुलाई बचाउन तीव्र चलखेल भइरहेको भन्दै नक्कली शरणार्थी प्रकरण लगायत भ्रष्टाचारमा संलग्न अपराधीहरुलाई कारबाही नगरेसम्म विरोध प्रदर्शनका कार्यक्रमलाई जारी राख्ने उद्घोष गरे । कोणसभामा ठुला राजनीतिक दलहरुको कटाक्ष चलेको थियो । कोणसभाका संचालिका सिलु न्यौपाने थिइन् ।
हेर्नुहोस् कोणसभामा अखिल क्रन्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले दिएको उत्तेजक अभिव्यक्ति: