गाउँपालिका उपाध्यक्षमा देवकी तिमल्सिना निर्वाचित

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की देवकी तिमल्सिना निर्वाचित भएकी छन्।
एक हजार ६३६ मतसहित तिमल्सिना उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
यस अघि सर्केगाड गाउँपालिका नेकपा (माओवादी केन्द्र) कै चन्द्रसिंह कार्की थिए तर सवारी दुर्घटनामा उनको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको थियो । तिमल्सिनाकी निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत ल्याइन्। एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरिन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ६ मांखामा जन्मिएकी तिमल्सिनाले २०५२ सालमा सुरु भएको जनयुद्धकै क्रममा पत्रकार दिपेन्द्र रोकायसँग विवाह गरेकी थिइन । काठमाडौं उपत्यकामा रहेर पार्टीमा काम गर्दै आएकी तिमल्सिना पुनः शान्ति प्रक्रियापछि कर्णालीमा बसेर समाज परिवर्तनका विभिन्न क्षेत्रमा योगदान दिँदै आएकी छिन्।