चर्चित लोकदोहोरी गायिका अर्चना स्याङतानको सुमधुर आवाजमा नयाँ भाका हे माया सार्वजनिक

चर्चित लोकदोहोरी गायिका अर्चना स्याङतानको सुमधुर आवाजमा हे माया लोकदोहोरी गीत युट्युव मार्फत बजारमा आएको छ । मदन भुसालको पहिलो प्रस्तुति रहेको यस दोहोरी भाकालाई रेशम थिङ र स्वयम् मदन भुसालले लय भरेका छन् भने शब्द गायक इन्द्र तामाङको रहेको छ । कृष्ण लामिछानेको संगीत संयोजन रहेको यस लोकदोहोरी गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।दिनेश श्रेष्ठ नामक युट्युव च्यानलबाट गीत शुक्रबार बजारमा आइसकेको छ ।यस दोहोरी गीतमा नायिका सरस्वती तामाङ र नायक इन्द्र तामाङले अभिनय गरेका छन् । त्यसैगरी अर्का नायक नायिकाको भूमिकामा भने धर्मराज खतिवडा र सन्चिता नेपालले अभिनय गरेका छन् ।
काठमाडौंमा सुटिङ गरिएको सो भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका हुन् । नेपाली लोक सांगितिक बजार हिजोआज लोकदोहोरी भाकाले
गुञ्जायमान रहेको लोकदोहोरी गायक जनक लामाले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए । हे माया लोकदोहोरी गायकमा इन्द्र तामाङ छन् ।युवा प्रेमिलको यथार्थपरक कथावस्तुलाई यस दोहोरी गीतले समेट्ने प्रयास गरेको छ ।अरु गीतहरु भन्दा अलि फरक लय, शब्द र नयाँ भाका भएकाले यतिखेर हे माया लोकदोहोरी गीतले बजार तताइ रहेको छ ।
हेर्नुहोस् गीतको म्युजिक भिडियो: