पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । आइतबार
जेसिबीले पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि एकतर्फी रुपमा राजमार्ग सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दशैं अघि नै सडक विभाग, स्थानीय तहको समन्वयमा अवरूद्ध राजमार्ग खुलाउन भरमग्दुर प्रयास भएको थियो । बाटो पूर्ण रूपमा नखुल्दा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरूलाई आवतजावतमा अझै समस्या छ ।
