असनका तुलाधर समुदायको टीका आज

उपत्यकाका रहेका तुलाधरले (पापाङ्कुशा एकादशी) का दिन टीका लगाएका छन् । बिजयादशमी तिथि अनुसार शनिबार बडादशैं रहेपनि असोज शुक्ल एकादशीका दिन असनका स्थानीय बासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापी मनाउने चलन रहेको छ । देशका अरू सबैजसो ठाँउका हिजो नै देवी बिसर्जन गरेर दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा थापिन्छ भने असनका तुलाधर लगायत तुलाधरले आज टीका लगाएका हुन् । तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा समेत निकालिने परम्परा छ। बडादशैंको टीका कोजाग्रत पूर्णिमा सम्म लगाइने परम्परा नेपाली समाजमा कायम छ ।