हाइ भ्यु स्कुलको क्रेज हाइभ्युमा रुपान्तरण हुदै, हेर्नुहोस् भिडियोसहित

शारीरिक व्यायामको नाममा बेस्सरी रकम खर्चेर जिमखाना र फिटनेस सेन्टरतिर धाउने अभिभावक तथा विद्यार्थीहरुलाई आफ्ना नानी बाबुलाई प्रयोगात्मक तथा व्यापारिक शिक्षा दिने भने जस्तो विद्यालय पाउन मुस्किल भइरहेको बेला ललितपुरको टिकाथलीमा रहेको हाइभ्यु माविले प्रयोगात्मक शिक्षा दिन थालेको छ । सैद्धान्तिक रूपमा आर्जन गरेका ज्ञानलाई व्यवहारिक जीवनमा पनि लागू गर्न प्रयोगात्मक शिक्षा नै लागू गर्नुपर्ने विद्यालयका संस्थापक विष्णु श्रेष्ठले बताउनु भयो ।सामाजिक विषयको प्रयोगात्मक परीक्षाको लागि कक्षा ८,९,१० का छनोटित विद्यार्थी उपस्थित थिए ।उनीहरुले कसरी सामूहिक श्रम गर्ने भन्ने विषयमा परीक्षा दिएका हुन् ।

पर्यावरणीय सुन्दरता र उचित भौतिक वातावरणमा पढाइ हुने महालक्ष्मी नगरपालिकाभित्रको एक उत्कृष्ट बोर्डिङ भित्र हाइ भ्यु पनि परेको छ । प्रत्येक कक्षामा थोरै विद्यार्थी राखेर दक्ष एवम् विषय विज्ञ शिक्षक शिक्षिकाबाट अध्यापन गराइने आफ्नो विद्यालय रहेको संस्थापक श्रेष्ठको भनाइ थियो ।हरेक विषयका दुई दुई जना विषय विज्ञको लेसन प्लान,होम वर्क,क्लास वर्क र केयरिङबारे दैनिक विद्यालयमा रेकर्ड रहने हुनाले पनि हाइभ्यु स्कुल सबैको अभिभावक तथा विद्यार्थीहरुको रोजाइमा परेको एक अभिभावकले बताए ।
यसरी पढ्छन् नेपाली हाइभ्युका विद्यार्थी :-