त्रिभुुवन विश्वविद्यालयबाट केही दिनअघि भएको उपकुलपति दरखास्त आव्हान रद्द,

त्रिभुुवन विश्वविद्यालयबाट केही दिनअघि भएको उपकुलपति दरखास्त आव्हान रद्द गरिएको छ । विज्ञापनमा उम्मेद्वारको मापदण्डका विषयमा सर्वत्र विरोध भएपछि सरकारले एक सूचना प्रकाशित गरी दरखास्त आव्हान रद्द गरिएको जनाएको हो ।

प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आव्हान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएपछि समितिले दुई दिनअघि सार्वजनिक गरेको विज्ञापन रद्द गरेको हो ।

उपकुलपतिमा दरखास्त दिन पूर्व पदाधिकारीको अनुभव नचाहिने व्यवस्था सहित समितिले नयाँ विज्ञापन सार्वजनिक गर्ने तयारी गरेको छ । अस्ति प्रकाशित भएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो ।

विज्ञापनमा उल्लेख गरिएका मापदण्डलाई लिएर विरोध भएपछि प्रधानमन्त्रीले अर्को विज्ञापन जारी गर्न निर्देशन दिएको बुझिएको छ । नयाँ विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी व्यवस्था गर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो बनाउने तयारी गरिएको छ ।यस अघि खुल्ला प्रतिस्पर्धाबाट लिइने तर कुनै पदाधिकारीबाट ३ वर्षको अनुभव गरिएको उम्मेदवार चाहिनेलाई सच्चाइएर अब नचाहिने प्रावधान राखिएको हो ।