२२ पुस, काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक जारी छ ।
शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरूले आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी राखेका हुन् ।
राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ । आजै गठबन्धनलाई भागबन्डा टुंगो लगाउन दबाब छ ।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् ।
शनिबार रातिको बैठकमा भएको थियो ।तर, एकीकृत समाजवादीले भने आफूलाई कम सिट भएको भन्दै असहमति जनाएको थियो । उसले तीन सिटमा दाबी गरेको छ ।
१९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी मोटामोटी सहमति भएको छ ।
