यसपालि तिहारमा लोडसेडिङ नहुने

२०७३ सालको तिहारमा लोडसेडिङबिना काठमाडौं सहर झिलिमिलि बनाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताएका छन् ।

उनले विद्युत खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन् । कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने पनि उनको आसय थियो । यो वर्षको तिहारका लागि पुग्ने विद्युत् नेपालमै उत्पादन रहेकाले अन्तबाट विद्युत् आयात गर्नुपर्दैन्। उनले बरु तिहारमा विद्युत् निर्यात समेत गर्न सकिने अवस्था छ ।
घिसिङ पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए ।कुलमान भगवान लेखिएका पर्चाहरु तात्कालिक समयमा विभिन्न सवारी साधन र भिताहरुमा लेखिएको पाइन्थ्यो । तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै विधुत खपत हुँदै आएको छ ।अझ लोडसेडिङ भएर औद्योगिक क्षेत्रभित्र रहेका कलकारखानाहरु बेसरी बन्द हुँदा कयौँ कामदार कर्मचारीले आफ्नो जागिरबाट हात धुनु परेको थियो ।