काठमाडौं : पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन् ।सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट अभियान सुरु गरेका पान्डेले अहिले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेँका हुन् ।
बालबालिकालाई खेलकुदको सामग्री दिएपछि तस्बिर खिच्दै प्रकाश राज पान्डे
उनले अक्टुबर ३१ तारिखका दिन बिहान ६: ४० बजे तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण गरेर नेपालको राष्ट्रिय झण्डा फहराए ।सो हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। आधार शिविरबाट तीन दिनमा आरोहण पूरा भएको थियो ।
उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल आरोहण गरिसकेका छन् ।सो हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो। यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेको उनी स्वयम् बताउँछन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।
उनले अब नेपाल फर्किएपश्चात अर्जेन्टिनाको एकोन्कागुआ हिमाल आरोहरणको तयारी गर्ने छन् ।
अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जानु अगाडि पर्वतारोही पाण्डेलाई महजोडी र किरण केसीले नेपालको राष्ट्रिय झण्डासहित अग्रिम शुभकामना दिएका थिए ।