देशभरका सरकारी कार्यालयहरु बिहीबारदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ने

बिहीबारदेखि देशभरका सरकारी कार्यालयहरु अपरान्ह ४ बजेसम्म मात्र खुल्ने भएका छन् । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म देशैभरिका सबै सरकारी कार्यालयहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्ने भएका हुन् ।

शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछ । जाडो याममा दिन छोटो हुने भएकाले यो ३ महिनाको अवधिमा हरेक वर्ष कार्यालय समय एक घण्टा घटाउने गरिएको छ ।