दिनदहाडै एउटा नागरिक र विद्यालय सञ्चालन गरिरहेको ब्यक्ति माथि साङ्घातिक आक्रमण गरि हत्या गरिएकोमा व्यक्ति सुरक्षा हुनुपर्ने भन्दै सरकारसँग जोडदार माग गरेको छ ।
घटनाको सत्य तथ्य छानबीन गरी घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गरि कानुन अनुसार कडा भन्दा कडा सजाय दिन नेपाल सरकार समक्ष ISTU ले जोड्दार माग गरेको हो ।
बारा जिल्ला, कलैया न.पा. स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल श्री रूपेश सर्राफ माथि कार्तिक १३ गते दिउँसो करिब १ बजे विद्यालयकै सडक नजिक २ मोटरसाइकलमा सवार ब्यक्तिहरुद्वारा गोली प्रहार गरी जघन्य हत्या गरिएको थियो ।
सो जघन्य हत्याको संस्थागत विद्यालय शिक्षक युनियन (ISTU )ले घोर भर्त्सना गरेको छ ।