दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द

दीपावली मनाउन न्युयोर्क सहरका विद्यालय नोभेम्बर १ मा बन्द गरिने भएको छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको हो ।मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानका अनुसार‘११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरका विद्यालयमा सार्वजनिक बिदा घोषणा गर्न सजिलो थिएन’, चौहानले भने, ‘विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरूले धेरै वर्षदेखि बिदा विषयमा पहल गरिरहेका थिए। न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले नोभेम्बर १, शुक्रबार विद्यालय बिदाको घोषणा गरेको जनाइएको छ ।’चौहानले दिपावलीका लागि सार्वजनिक बिदा घोषणा गरेकोमा मेयर एरिक एडम्सप्रति कृतज्ञता व्यक्त गरेका छन्। चौहानले भने, ‘मेयर एरिक एडम्सको यो घोषणाप्रति हामी धेरै आभारी छौँ। सबैलाई दीपावलीको शुभकामना।’

यसअघि जुनमा, न्युयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाका रूपमा घोषणा गरेको थियो। दिवाली हिन्दु, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो। यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउन सार्वजनिक विद्यालय बिदाको दिन मात्र पाइने छ ।
अमेरिकी प्रथम महिला, जिल बाइडेन र राष्ट्रपति जो बाइडेनले अक्टोबर २८ मा ह्वाइट हाउसमा दिपावली उत्सवको आयोजना गरी संयुक्त राज्य अमेरिकाभरिका भारतीय मूलका अमेरिकीलाई उपस्थित हुन आमन्त्रण गरेकी थिइन्।

ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत दिपावली उत्सवको तस्वीर साझा गर्दै लेखेको छ, ‘ह्वाइट हाउसका तर्फबाट सबैलाई दीपावलीको शुभकामना!यो समाचार नेपाल खबरमा प्रकाशित छ।